पोखराको पुरानो टुडिखेलमा तीज मेला जारी : आज मौलिक तीजगीत प्रतियोगिता

पाेखरा | भदौ १२, २०७९

पोखराको पुरानो टुडिखेलमा तीज मेला जारी : आज मौलिक तीजगीत प्रतियोगिता

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु ऐतिहासिक तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु भएको मेला १६ भदौसम्म संचालन हुनेछ ।

 

नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लिको व्यवस्थापनमा सुरु भएको मेलामा आईतबारदेखि आजदेखि विभिन्न प्रतियोगिताहरु सुरु हुदैछन् ।

 

मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु हुने छ । 

 

आजदेखि मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता सुरु हुने आयोजक केन्द्रका भानुभक्त अधिकारीले जानकारी दिए ।

 

मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैक तथा वित्तिय संस्था, लत्ताकपडा लगायतका विभिन्न स्टलहरुसगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ ।  साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । 

 

शुक्रबारदेखी सुरु भएको मेलामा शनिवार कृष्ण अखेली, अमर धिताल, सुनीता नेपाली र निशा पोखरेल लगायतका कलाकारहरुले आ-आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । 

 

शनिबार मेलाको करिव ५ हजारको हाराहारीमा दर्शकले अवलोकलन गरेका आयोजक केन्द्रका कार्यसमिति सदस्य दुर्गादत्त भुगाईले जानकारी दिए । 

 

प्रतियोगिताका अलावा आज रामजी खाँड, कृष्ण अखेली, मञ्जु विक, रामजी पौडेल, बिन्द्रा परियार लगायतका कलाकारहरुको  प्रस्तुती रहने छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्